अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । म्याग्दीमा अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् ।

बेनी नगरपालिका-९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित पर्वत जलजला गाउँपालिका-३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियार समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?