काठमाडाैं । जुम्लामा जीप दुर्घटना भएको छ । जुम्लाबाट मुगु जाँदै गरेको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटना परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दले बताएका छन् । भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
मृतकको पहिचान भएको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया