जनकपुरधाम । पूर्व पर्यटनमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य उमाशंकर अरगडियालाई कतारमा भव्य स्वागत गरिएको छ । प्रवासी नेपाली मञ्च कतारले उनलाई स्वागत गरेको हो ।
एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको निमन्त्रणामा त्यहाँ पुगेका केन्द्रीय सदस्य अरगडिया मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
एमालेमा आस्थावान प्रवासी नेपालीलाई पार्टीको नीति विचारमा गोलवन्द गर्न गठन भएको प्रवासी नेपाली मञ्चको कतार शाखालाई अरगडियाको आगमनले थप उर्जा प्राप्त हुने प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेलले जानकारी दिए ।
एमालेमा मधेसबाट प्रतिनिधित्व गर्ने अरगडियाले कतारमा रहेका नेपाली मधेशी समुदायलाई मञ्चमा आवद्ध गराउने कार्यक्रम रहेको छ ।।
मधेशी समुदायका युवाहरूको ठूलो हिस्सा वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन् । नेता अरगडियाको कतार आगमनले खासगरी मधेशी युवाहरूलाई प्रवासी नेपाली मञ्चमा आवद्धताका लागि कोसेढुङ्गा सावित हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया