३१ श्रावण २०७९, मंगलवार

चिनियाँ राष्ट्रपति सिलाई ट्रम्पको बधाई

२०७४,कार्तिक,९,बिहीवार ०८:२९

0
Shares

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ कात्तिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उनलाई बधाई दिएका छन अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट् गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेर पाएको ‘असाधारण उचाइ’ का लागि वधाई दिएको जानकारी गराएका छन । कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका बिषयमा कुराकानी भएको पनि जनाइएको छ कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाएका छन । चीनको संविधानमा राष्ट्रपति सिको नाम र उनका सिद्धान्तहरुलाई समेत उल्लेख गरिएको छ अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताएका छन । “उनी एक असल मान्छे हुन ।”अन्तवार्तामा अमेरिकी राष्ट्रपतिले भने, “केही मानिसले उनलाई चीनको राजा नै भन्छन् तर उनी राष्ट्रपति हुन । ” धेरै राम्रो सम्बन्ध रहेको छ ।” “यो सकारात्मक कुरा हो । यदि रसिया र अन्य मुलुकसँगपनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ ।”ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकाका राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त रुपमा खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारसंस्था केसिएनएले त्यहाँका नेता किम जोङ–अनले पनि सि लाई बधाईको सन्देश पठाएको बताएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०८:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी युक्रेनमा रुसी नियन्त्रित जापोरिज्जिया आणविक प्लान्टमा भएको विपत्तिले सम्पूर्ण युरोपलाई धम्की दिएको टिप्पणी

काठमाडौं । भारतको जम्मू कश्मीरको पहलगाममा बस दुर्घटना भएको छ । दुर्घटना भएको बसमा भारतीय प्रहरी सवार थिए । दुर्घटनामा

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सेप्टेम्बरमा स्वदेश फर्किने भएका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज पीएमएल(एन) का एक अधिकारीले यस्तो

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९