यति–वाइडबडी काण्डको छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौती

लोकपथ
28
Shares

काठमाडौं। यति–वाइडबडी काण्डको छानबिन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चुनौती दिएका छन् ।

यति होल्डिङ्ग्स लाई सुरुमा कसले जग्गा भाडामा दिएको छानबिन गर्न ओलीले सरकारलाई चुनौती दिएका हुन् ।

शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यति, वाइडबडीको नाम एमालेसँग जोड्ने गरेको तर त्यसमा कांग्रेस माओवादीको संलग्नता भएको बताए ।

उनले भने, वाइडबढी किन्छन् उनीहरू, कमिसन खान्छन् उनीहरू । जर्मनीबाट कसैका नाममा सिंगापुरमा पैसा आउँछ अनि त्यहाँबाट गायब हुन्छ । मैले भनेको छु वाइडबडीको छानबिन गर जेल जाऊ ।’

उनले त्यसमा एमालेले केही नगरेको बताउँदै एमाले भष्टाचार गर्नका लागि सरकारमा नजाने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?