बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको आरोप लगाएका छन् ।
शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान भने पनि भ्रष्टाचार गर्ने अभियान चलाएको आरोप लगाएका छन् ।
सुन प्रकरणमा सरकारले लाजलाग्दो र घिनलाग्दो तमासा गरेको उनले आरोप लगाएका छन् ।
उनले विदेशीलाई नागरिकता दिएर २० हजारमा दर्ता गराउने को हो ? कसले नागरिकता दिन आदेश दियो?, कसले नागरिकता बनायो ? त्यो खोजी गर भन्दै आक्रोष पोखेका छन् ।
अध्यक्ष ओलीले सरकारले भ्रष्टाचार विरुद्धको नाममा राष्ट्रिय पुँजीलाई गला थिच्ने काम गरेको दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया