शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो ‘स्योर-सट सेप्टेम्बर मेला’

लोकपथ
21
Shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी “स्योर-सट सेप्टेम्बर मेला” लिएर आएको छ ।
यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन् ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भने, “हामी हाम्रा ग्राहकहरूले यस सेप्टेम्बरमा शाओमीको ’स्योर-सट सेप्टेम्बर मेला’ मार्फत प्राविधिक आनन्दको अनुभव गर्नुहोस् भन्ने चाहन्छौं ।

ग्राहकहरूको निरन्तर सहयोगले उहाँहरुलाई केहि प्रदान गर्न उत्प्रेरित गरेको छ, त्यसैले हामीले यो रोमाञ्चक अफरहरू ल्याएका छौं । हामीलाई विश्वास छ की यी अफरहरूले ग्राहकहरुको खरिदहरूमा मूल्य मात्र थप्ने छैन तर समग्र शाओमी अनुभवलाई निखार्ने छ ।”

यो अफर अन्तर्गत रेडमी ए२ र ए२+को हरेक खरिदमा ग्राहकहरूले रेडमी इयरफोन निःशुल्क पाउनेछन् ।

त्यसैगरी हरेक रेड्मी १२ सि को खरिद गर्ने ग्राहकहरूले निःशुल्क रेड्मी सोनिकबेस ब्लुटुथ इयरफोन प्राप्त गर्नेछन्

। दुबै अफरहरू सेप्टेम्बर १ मा सुरु भएर सेप्टेम्बर १५ मा समाप्त हुनेछन् । यो अफर रेडमीका नेपालभरका रिटेल आउटलेटहरूमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?