१३ आश्विन २०८०, शनिवार

सेयर बजार निराशाजनक : नेप्से सुचक सँगै साप्ताहिक कारोबार रकम पनि खुम्चियो

२०८०,भाद्र,१६,शनिवार १३:३०

45
Shares

काठमाडौं । सेयर बजार परिसुचक यो साता पनि निराशाजनक देखिएको छ । यो साता राष्ट्र बैंकले उद्योगी व्यवसायीहरुको माग अनुसार चालुपुँजी कर्जा सम्वन्धी बिद्यमान व्यवस्थामा संसोधन गरी चालु पुँजी कर्जालाई सहज बनाएको थियो । तर यसको प्रभाव सेयर बजारमा खासै देखिन । उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा सम्वन्धी संसोधित व्यवस्थालाई सकारात्मक भएको टिप्पणी गरेको भएपनि यसले सेयर बजार परिसुचक एवं कारोबार रकम दुबैमा कुनै उत्साह ल्याउन सकेन् । जसले गर्दा पनि हुन सक्छ यो साता सेयर बजार परिसुचक (नेप्से) १९ सय ९० दशमलव ५९ अंकमा खुम्चिन पुग्यो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव ७१ अंकमा अंकमा खुम्चिन पुग्यो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये दोस्र्रो दिन झिनो अंकले नेप्से बढेको थियो भने बाँकी दिनहरुमा नेप्से सुचक सगैं कारोबार रकम पनि घटेर एक अर्ब रुपैंयाँ भन्दा तल झरेको छ । सोही कारण यो साता नेप्सेमा कुल दुुई सय ८० वटा कम्पनीहरुको एक लाख ३२ हजार दुई सय तीन पटकको कारोबारमा एक करोड ५३ लाख ६५ हजार नौं सय ५० कित्ता शेयर किनबेच भएका छन् । उक्त किनबेचका आधारमा नेप्सेको साप्ताहिक कारोबार रकम यो साता चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौं सय ३२ रुपैंयाँमा खुम्चिएको छ ।

यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले कम हो । गत साता नेप्सेमा सात अर्ब २५ करोड २६ हजार नौं सय ८३ रुपैंयाँको सेयर किनबेच भएको थियो । उक्त साता दुुई सय ७७ वटा कम्पनीहरुको दुई लाख दुई हजार चार सय १९ पटकको कारोबारमा दुई करोड ३५ लाख ४८ हजार आठ सय ९३ कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो । नियमित कारोबारका लागि चार कार्य दिन मात्र खुल्ला नेप्से यो साता दोसो दिन बढेपनि पहिलो, तेस्रो र चौंथो दिन लगातार घटेको थियो । पाँचौं दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो । जसमध्ये पहिलो दिन आईतबार २० दशमलव ५४ अंकले घटेर १९ सय ९३ दशमलव ३८ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन पाँच दशमलव शुन्य नौं अंकले बढेर १९ सय ९८ दशमलव ४८ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन पाँच दशमलव शुन्य पाँच अंकले घटेर १९ सय ९३ दशमलव ४२ अंकमा सिमित हुन पुगेको नेप्से चौंथो दिन दुई दशमलव ८२ अंकले घटेर १९ सय ९० दशमलव ५९ अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन तीन दशमलव ४४ अंकले घटेर तीन सय ८२ दशमलव ११ अंकमा सिमित हुन पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन एक दशमलव ४५ अंकले बढेर तीन सय ८३ दशमलव ५६ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन शुन्य दशमलव ७१ अंकले घटेर तीन सय ८२ दशमलव ८५ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन एक दशमलव १३ अंंकले घटेर तीन सय ८१ दशमलव ७१ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्राली, घोराही सिमेन्ट, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

 

प्रकाशित मिति: २०८०,भाद्र,१६,शनिवार १३:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको ‘सर्वाइवल नोट’ नामक कवितासंग्रह लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा डा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०