कांग्रेस सभापति देउवा, रक्षामन्त्री खड्कालाई भेट्न अस्पतालमा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, पार्टी उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

देउवाले आज विरेन्द्र सैनिक अस्पतालमा नै पुगेर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

खड्का प्रोस्टेटको शल्यक्रियाका लागि बुधबार नै नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले, मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो ।

उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?