काठमाडौ । बुधवारदेखि सरकारी डाक्टरहरुले आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् ।
सरकारी चिकित्सकको समायोजनको विषयमा आफूहरुको माग पूरा नगरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने बताएका हुन् ।
आइतवार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै आफ्नो माग पूरा नभए आकस्मिबाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बुधवारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् ।
बुधवार नै पर्ने स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि बहिस्कार गर्ने समेत उनले बताए ।
उनले भने, ‘हामीले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका छौं, त्यतिबेलासम्म माग पूरा नभएमा बुधवार आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने र र स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि बहिस्कार गर्छौं’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया