काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्बसाधारणका लागि निष्काशन गरिएको साधारण शेयरको बाँडफाँड कार्य सम्पन्न भएको छ ।
नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफको जारी पूँजी तीन अर्व २० करोडको ३० प्रतिशतले हुने रकम ९६ करोड वरावरको एक सय रुपैंयाँ अंकित दरमा ९६ लाख कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुठट्याइएको थियो ।
जसमध्ये प्रति शेयर एक सय रुपैंयाँ अंकित दरमा प्रिमियम एक सय ३९ रुपैंयाँ थप गरी जम्मा मुल्य दुई सय ३९ रुपैयाँमा १० प्रतिशत अर्थात् नौं लाख ६० हजार कित्ता नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, पाँच प्रतिशत अर्थात चार लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई तथा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई एक सय रुपैंयाँ अंकित मुल्यमा पाँच प्रतिशत अर्थात चार लाख ८० हजार कित्ता निष्काशन तथा बाँडफाँड गरी बाँकी रहेको ७६ लाख ८० जार कित्ता सर्वसाधारणको लागि बाँढफाड गरिएको हो ।
कम्पनीले यही साउन २२ गते देखि भदौ चार गतेसम्म सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुला गरेको शेयर शुक्रबार बाँडफाँड कार्य सम्पन्न गरेको हो । सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि १४ लाख ६६ हजार आठ सय ६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट सात लाख ६८ हजार जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई न्युनतम १० कित्ताका दरले ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीको भनाई छ ।

कम्पनीले एक सय रुपैंयाँ अंकित दरमा प्रिमियम एक सय ३९ रुपैंयाँ थप गरी जम्मा मुल्य दुई सय ३९ रुपैंयाँको दरले ९६ लाख कित्ता साधारण शेयर मध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरीएको नौं लाख ६० हजार कित्ता शेयर, कर्मचारीहरुलाई सुरक्षित गरिएको एक सय रुपैंयाँ अंिकत मुल्यका चार लाख ८० हजार कित्ता शेयर र सामूहिक लगानी कोषको लागि छुट्टाईएका चार लाख ८० हजार कित्ता शेयर यस अघिनै बाँडफाँड गरिसकिएको कम्पनीको भनाई छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पुर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापन, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया