धादिङको रुबि भ्याली गाउँपालिकामा भगवान शिवको २२ फिट अग्लो मूर्तिको स्थापना

लोकपथ
84
Shares

धादिङ । धादिङको रुबि भ्याली गाउँपालिका ४ बोराङ थालगाङ डांँडामा भगवान शिवको मूर्ति स्थापना गरिएको छ ।

२२ फिट अग्लो ७०० टन तौल भएको ढुङ्गाबाट निर्माण गरिएको भगवान शिवको मूर्तिको बिहीबार सिद्ध योगी बाबा श्री १००८ परमहंस कालीदासजी महाराजबाट समुद्घाटन तथा प्राण प्रतिस्थापन सम्पन्न भएको छ ।

मूर्ति समुद्घाटनका अवसरमा कालीदासी महाराजसँगै आएका भारतीय पाहुनाहरु,राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङ, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापा, बोर्डका सदस्यहरु,कोष परिवार र यस कार्यमा बिशेष योगदान गर्ने फिलिम तामाङको उपस्थिति थियो ।

उदघाट्नका अवसरमा भेला भएका अतिथिहरुलाई गाउँका मुखियाहरु,गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष -सदस्यहरु,लामा-झाक्रीहरु, विद्यालयका शिक्षक-विद्यार्थीहरु र गाउँलेहरुले परम्परागत शैलीमा भब्यस्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?