मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लोकपथ
308
Shares

काठमाडाैं । रोल्पामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका-५ सेवारस्थित सडकमा रा १ प ७४३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४९ वर्षीय भुजन बुढाथोकीको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर हुँदै लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?