झापामा जुवातास खेल्ने छ जना पक्राउ

लोकपथ
224
Shares

काठमाडौं । झापामा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् ।

दमक नगरपालिका-२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका-५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्द र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?