स्विजर्ल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभएनपिक’ अब नेपालमा

लोकपथ
21
Shares

काठमाडौं । मुभएनपिक आइसक्रिम अब नेपाली बजारमा उपलब्ध हुने भएको छ।

केएल दुगड समूहद्वारा आयात गरिएको मुभएनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ।

काठमाडौंको ठमेल स्थित ठमेल-द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन एक भव्य कार्यक्रमका साथ भएको छ। स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहेर यो स्टोर आइसक्रिम उत्साहीहरूका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वाश रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?