बागमतीमा र्‍याफ्टिङ हुने

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले बागमतीमा र्‍याफ्टिङ कार्यक्रम गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले भदौं १६ गते बागमतीमा र्‍याफ्टिङ आयोजना गर्ने जानकारी दिएको हो ।

समिति प्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

उनले भने, ‘जिल्ला समन्वय समिति काठमाडौंले वागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिन बागमती नदीमा पहिलो पटक र्‍याफ्टिङ कार्यक्रमको आयोजना गर्न लागेको छौं ।’

¥याफ्टिङ शनिबार बिहान ७ः३० देखि सुन्दरीजलबाट सुरु भई बेलुका ५ बजे चोभारमा समापन गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?