काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) पुल्चोक इन्जिनियरिङ क्याम्पसका निर्वतमान अध्यक्ष सुलभ चापागाइँले आफूमाथि नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले धम्की दिएको आरोप लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले बढाएको शुल्क घटाउने मागसहित चापागाइँ ९ दिन अनसन बसेका थिए । तर अध्यक्ष शेर्पाले धम्की दिएको र अन्य केहीलाई हातपात गरेको समेत खुलासा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘मिति २०८०/०५/०४ ई. अ. स. ले निकालेको शुल्क बृद्दिको फिर्ताको माग गर्दै म ( सुलभ चापागाई ) २०८०/०५/०५ गते देखि २०८०/०५/१३ गते ( ९ औँ ) दिनसम्म आमरण अनशन बसेको यहाँहरुलाई अवगत नै छ।इन्जिनियरिङ शिक्षालाई सर्वसुलभ र गुणस्तरिय बनाउने हेतुले हामीले गरेको सत्याग्रहको हिजो ९ औँ दिनमा त्रि. वि. का पदाधिकारी र विभिन्न विधार्थी सङ्गठनका पदाधिकारीहरु बिच ५ बुदे निर्णय भयो। ई. अ. स. का कुनै पनि प्रतिनिधिको हस्ताक्षर नरहेको र सो निर्णयहरुको कार्यावन्यनमा जटिलता हुनसक्ने भन्दै (हिजै दिउँस Dean सहित IOE का पदाधिकारीहरुसँग प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले कुनै निष्कर्षदिन नसकेको र VC ले निर्देशन गर्दैमा Dean कार्यालयले शुल्क बृद्धि फिर्ता गर्नेमा शंकास्पद थिए र सोहि कुरा मैंले अध्यक्षज्यू लाई बारम्बार अवगत गराउँदै गर्दा ने. वि. संघका केन्द्रीय समितिका अध्यक्ष दुजाङ सेर्पालाई राख्दै गर्दा डिन लगायत ई. अ. स. को कुनै पदाधिकारीको हस्ताक्षर हुदैन भन्दै विर हस्पिटलको क्याबिन न. ३०९ मा धम्किपुर्ण दवाब दिदै मलाई अनवरत सहयोग गरिरहनु भएका दाइहरू बबिन बस्नेत र रमेश के. सी. लाई कुटपिट र म स्वयमलाई ९ औँ दिनदेखि सत्याग्रह बसिरहेको सुलभ चापागाईलाई धम्किपुर्ण गालिगलौज सहित भौतिक दुर्व्यवहार गरि अनशन तोड्ने परिबन्धमा पारियो।म स्वयमले असुरक्षित महसुस गरेर राति करिब १२ बजेतिर विर हस्पिटलको क्याबिन न. ३०९ बाट निस्केको थिए। तसर्थ, हामिसबैको सुरक्षाको माग गर्दै नेपाल सरकार, नेपालि काँग्रेस पार्टी ,प्रहरि प्रशासन र सम्पूर्णको ध्यानाकर्षण गर्न चाहन्छु।’
आफू असुरक्षित रहेको भन्दै उनले नेपाल सरकार, नेपालि काँग्रेस पार्टी ,प्रहरि प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् ।
गत भदौ ५ गतेबाट चापागाइँ अनसन बसेका थिए । तर बुधबार दिउँसो नेविसंघसहित केही विद्यार्थी संगठन र त्रिविका उपकुलपतिले हस्ताक्षर गरि सहमति भएको जनाएका थिए । अहिले त्यसको चौतर्फी विरोध समेत भइरहेको छ । उनले पुल्चोक क्याम्पसको नेविसंघ अध्यक्षबाट राजीनामा समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया