काठमाडौं । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समिति बनाएको छ ।
आज प्रदेश राजधानी विरेन्द्रनगरमा भएको सन्देश सभाले समन्वय समिति घोषणा गरेको हो ।
सभाले समाजवादीमा मोर्चामा आवद्ध दलका तर्फबाट ३–३ जना सदस्य रहेका छन् । नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष विमला केसीसहित कृष्णबहादुर जिसी र दिनेश चँदारा रहेका छन् । त्यस्तै नेकपा समाजवादी पार्टीबाट महासचिव समेत रहेका प्रकाश ज्वालासहित प्रदेश अध्यक्ष अमर बहादुर थापा र ठगेन्द्र पुरी रहेका छन् । यता नेकपाबाट विराट सी, पौरख सी र सभ्यता सी रहेका छन् भने जसपाबाट गगनबहादुर सारु, सन्तोषी विक र देवीराम न्यौपाने रहेका छन् ।
समाजवादी मोर्चाले पहिलोचरणमा प्रदेश सन्देश सभा गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया