काठमाडौं । नेविसंघ पुल्चोक क्याम्पसको इकाइ सभापतिबाट सुलभ चापागाइँले राजीनामा दिएका छन् । चापागाइँले सामाजिक सञ्जालमा लेख्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले शुल्क बढाएको भन्दै अनसन बसेका थिए । चर्को शुल्क वृद्धिको मागसहित उनी अनसन बसेका उनलाई उनको संगठन नेविसंघसहित अन्य राजनीतिक दलका भातृ संगठनले समेत साथ दिएका थिए ।
तर बुधबार त्रिभुवन विश्वविद्यालय र विभिन्न विद्यार्थी संगठनबीच सहमति भएको थियो । सो क्रममा सहभागि नगराइएको भन्दै असन्तुष्ट रहेका चापागाइँले राजीनामाको घोषणा गरेका हुन् ।
सहमतिपत्रमा त्रिविका उपकुुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, सहमति पत्रमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट विद्यार्थी संगठनकी अध्यक्ष आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले हस्ताक्षर गरेका छन् ।
इन्जिनियरिङ अध्ययनका लागि चर्को शुल्क बनाइएको भन्दै त्यसको विरोधमा अनसनरत उनको जीवन रक्षाको मागसहित संसदमा समेत कुरा उठेको थियो ।
उनीसँग कुनै संवाद नै नगरी सहमति गरिएको भन्दैन नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको चर्को आलोचना समेत भइरहेको छ ।
सहमतिपत्रमा उल्लेख भए अनुसार हाल वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिनेदेखि आमरण अनसन लगायत सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने निर्णय समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया