काठमाडौं । विगत केही सातादेखि उपत्यकामा चल्ने ट्याक्सीको पछाडि पर्चा टासिएको छ ।
‘सरकार मैले २०७५ सालको मूल्यमा खरिद गर्नुपर्ने तर, मैले सेवा दिदा चाहीँ २०६९ को मूल्यमा दिनु पर्ने के यो न्यायोचित हो र ? हामी मिटरमा सेवा दिन तयार छौँ । समय सान्दर्भिक मिटरको भाडा समायोजन गरियोस । यातायात क्षेत्रमा गैरकानुनी धन्दा गर्ने चाहीँ उद्यमी हामी चाहीँ के ?’ जस्ता नाराहरु लेखिएको पर्चा टाँसेर उनीहरुले विरोध गर्दै आइरहेका छन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले कुनै भौतिक क्षति बिना नै यस्तो शान्तिपूर्ण आन्दोलन शुरु गरेका हुन् ।
लामो समयदेखि मिटर भाडा समायोजन नगरिएकोले आफूहरूले यो प्रकारको विरोध गरेको ट्याक्सी चालक श्रवण कार्कीले लोकपथलाई बताए । विगत दुई वर्षदेखि ट्याक्सी चलाएका उनले भने, ‘यो हाम्रो शान्तिपूर्ण आन्दोलन हो, सरकारले हाम्रो मागहरु सम्बोधन नगरेसम्म सबै ट्याक्सीहरु नचलाई हामी बिद्रोहमा जानेछौँ ।’
‘हाम्रो आन्दोलन शुरु भएदेखि आजको दिनसम्म हामीहरुले तोडफोड गरेका छैनौं, हाम्रो मागहरु सुनिएन भो हामी आनदोलन चर्काउन बाध्य हुनेछौं यसको जिम्मेवार सरकार स्वयं आफै हुनेछ ।” कार्कीले थपे ।
साथै चालक कार्कीले आम हडतालसम्म गर्न सक्ने बताए ।
५० देखि एक सय रुपैयाँको बीचमा मिटरमा जाने हो भने चालकहरुलाई घाटा नहुने उनको भनाई छ । सार्वजनिक यातायातमा १ जनाको १५ रुपैयाँ लिने भन्दै उनले भने ट्याक्सीको मिटरको शुुरुवातको नै १४ रुपैयाँ भएकोे समेत बताए ।
सरकारले पेट्रोलियन पदार्थको मूल्य समायोजन गर्नुपर्छ भन्ने चालकहरुको माग रहेको अर्को ट्याक्सी चालक मोहन घलले लोकपथसंग कुरा गर्दै भने ।
वि.सं २०६९ सालमा भाडा बढेदेखि अहिलेसम्म ट्याक्सी भाडामा कुनै वृद्धि नभएको उनले बताए । उनले भने, ‘हामी प्रति किलोमिटर ५० रुपैयाँको दरमा सेवा दिन तयार छौँ, तर, सरकारले हाम्रो मागलाई सुनेर पनि कानमा तेल हालेर बसेको छ, त्यसैले हामी बाध्य भएर आन्दोलन गरिरहेका छौँ ।’
उपत्यकाका सबै टयाक्सीहरु एकबद्ध भएर रचनात्मक ढंगमा सरकारको ध्यानाकर्षण गराउने उनीहरुको भनाई छ ।
तस्वीर: सरोज सिम्खडा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया