सुन प्रकरण : भारतबाट थप एक जना पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । हङकङबाट काठमाडौंमा तस्करी भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप एक जनालाई भारतबाट पक्राउ गरेको छ ।

सुन तस्करीमा संलग्न दावा छिरिङका सहयोगी भनिएका किशोर बस्नेत भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् ।

उनलाई बुधबार काठमाडौं ल्याइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

बस्नेत सिन्धुपाल्चोकका स्थायी बसिन्दा हुन् भने दावाले भनेअनुसार उनले सामान खरिद गरेर सुन लुकाएर तस्करीमा सहयोग गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?