कांग्रेसले फुकुवा गर्यो चितवनका १८ नेताको कारबाही, जगन्नाथको कायमै

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको कारबाहीमा परेका चितवनका १८ नेताको कारबाही फुकुवा गरेको छ ।

गत संघ प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीले कारबाही गरेको थियो । तर गत वैशाख १० को उपनिर्वाचनमा आत्मसमिक्षासहित सहयोग गर्ने बताएपछि पार्टीको अनुशासन समितिले उनीहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

जसमा दिनेश कोइरालासहित १८ जना रहेका छन् ।

कांग्रेसको अनुुशासन समितिले बारा, चितवन र तनहुुँमा कारबाहीमा परेकाहरुको कारबाही फुकुवा गरेको थियो ।

तर गत स्थानीय निर्वाचनमा भरतपुुर महानगरपालिकाका मेयर रेणु दाहालविरुद्ध उम्मेदवारी दिने जगन्नाथ पौडेलको कारबाही भने फुकुुवा भएको छैन । उनले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहयोग गरेको भन्दै कारबाही कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?