१३ आश्विन २०८०, शनिवार

नेप्सेमा सामान्य अंकको गिरावट

२०८०,भाद्र,१३,बुधबार १६:१५

27
Shares

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८२ अंकले गिरावट हुँदा १९९०.५९ को विन्दुमा बन्द भएको छ ।

बुधबार नेप्सेमा १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट भएको छ । व्यापार र होटल तथा पर्यटन उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा उत्पादनमूलक उपसूचक ०.७० प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन १ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार भने बढेर १ अर्ब नाघेको छ ।

सोमबार ९८ करोडको कारोबार भएको बजारमा मंगलबार घटेर साढे ८६ करोडको कारोबार भएको थियो । बुधबार नेप्सेमा ३२ हजार २९८ वटा कारोबारमा ३८ लाख ३ हजार २४४ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ ।

बुधबार लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

१४ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकको १० करोडको सेयर कारोबार हुँदा आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख र लक्ष्मी सन्राइज बैंकको ३ करोड ३ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य स्थिर छ । बुधबार कारोबार भएकामध्ये सिटी होटलको सेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशतले वृद्धि हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ४.२३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको सेयरमूल्य २.८९ प्रतिशतले वृद्धि भएको छ । यस्तै ८.५ प्रतिशत सानिमा ऋणपत्र २०८८ को मूल्य ५.७२ प्रतिशतले वृद्धि हुँदा एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य ३.१२ प्रतिशतले बढेको छ ।

यता सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ७.९४ प्रतिशतले घटेको छ । सूचीकृत कम्पनीमा मिथिला लघुवित्तको सेयरमूल्य ६.०२ प्रतिशतले गिरावट हुँदा कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य ५.४८ प्रतिशतले गिरावट भएको छ ।

 

प्रकाशित मिति: २०८०,भाद्र,१३,बुधबार १६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै उत्साहप्रद हुन सकेन । साताको सुरुवाती कारोबार दिन देखि नै ओरालो लाग्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, युरो एकको

काठमाडौं । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको

काठमाडौं । आगामी आईतबार नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०