काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका कर्मचारीहरुमाथि अनुसन्धान शुरु गरेको छ ।
आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान शुरु गरेको हो ।
सुन तस्करीका समयमा विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालिएको हो । आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार गरेर विस्तृत विवरण माग समेत गरेको छ ।
अख्तियारले सुन प्रकरणमा जोडिएका अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको सम्पर्क भएका व्यक्तिहरुको विवरण समेत मगाएएर उनको सम्पत्ति छानबिन समेत थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया