प्रधानमन्त्री दाहाल र संयुक्त अधिराज्यका राजदूत फेनबीच भेटवार्ता

लोकपथ
70
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री दाहालसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।

साथै, उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीच भइरहेको सहयोगका बारेमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?