सुन तस्करी प्रकरण : थप एकजना पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप  गणेश पौडेललाई पक्राउ गरेको हो ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले ‘रेडी ट्रेड प्रालि’को नाममा हङकङबाट ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद गरेको थियो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौं ल्याइएको हो ।

हालसम्म सुन प्रकरणमा पक्राउ गरिएका गणेश पौडेल सहित पक्राउ पर्नेको सङ्ख्या २४ पुगेको छ । सुन प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?