१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो : ओली

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग बोल्दै ओलीले संसदबाटै पास भइसकेको एमसीसी कार्यान्वयनमा जाने कुरामा कुनै दुविधा नरहेको स्पस्ट पारेका हुन् ।

साथै ओलीले संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्रोको संज्ञा दिएका छन् । ‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरुले जनतालाई दिएको धोका हो, संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?