काठमाडौं । आन्तरिक यात्रालाई सहयोग गर्ने उद्देश्यका साथ राकुटेन भाइबरले सस्तो टिकट्स कम्पनीसँग सहकार्य गरेको छ।
च्याटबटमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि उडान बुकिङ सेवा उपलब्ध गराउने भाइबरले जनाएको छ।
यो प्लेटफर्मले सुलभ दरमा टिकट उपलब्ध गराउने छ भने यसमा थुप्रै अफरहरू पनि रहेका छन्।
दुई कम्पनीले सहकार्यमा (सस्तो टिकट्स्) च्याटबट सुरू गर्ने भएका हुन्।
बम्पर अफरअन्तर्गत उडान र आवासको पूर्ण सुविधासहित दुई जनाका लागि थाइल्यान्ड यात्रा छ। त्यस्तै दुई-तर्फी आन्तरिक उडान टिकटहरूमा १५ जोडी यात्रुलाई राउन्ड-ट्रिप टिकट दिने विशेष अफर छ।
पोखराका होटल र रिसोर्टमा बस्दा १५ प्रतिशत छुट, पाँच जनालाई माउन्टेन फ्लाइट र हरेकका एकरएक साथीले चार्टर्ड उडानमार्फत् हिमालको दृश्यावलोकन गर्न पाउने भाइबरले जनाएको छ।
त्यस्तै यो च्याटबटमा भएको (क्विज) र अन्तर्क्रियात्मक गतिविधिहरूमा संलग्न हुन पनि सकिनेछ।
भाइबरसँगको नयाँ सहकार्यबाट प्रयोगकर्ताका लागि आकर्षक यात्रा अवसरहरू ल्याएको सस्तो टिकट्सका संस्थापक अध्यक्ष तथा सिइओ सम्राट दाहालले बताए।
त्यस्तै राकुटेन भाइबरका लागि एसिया प्यासिफिकका सिनियर डाइरेक्टर डेभिड चेलेले सस्तो टिकट्ससँगको नयाँ साझेदारीले स्थानीय पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गरे ।
सस्तो टिकट्स च्याटबट अगस्ट २९, २०२३ मा सार्वजनिक हुने कम्पनीले जनाएको छ। प्रयोगकर्ताहरू भाइबरमा सस्तो टिकट्स सर्च गरी च्याटबटमा जोडिन सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया