साइबर अपराधका घटना बढेका छन् : एसएसपी राठौर 

लोकपथ
39
Shares

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसंग भेटघाटगर्दै उनले, नेपालमा पछिल्लो समय साईबर अपराधका घटना बढ्दै गएको बताए । नेपालमा पहिला फौजदारी र संगठित अपराध धेरै हुने गरेकामा हाल साइबर अपराधका घटना बढेको उनको भनाई छ ।

आर्थिक अपराधबाट विस्तारै सिफ्ट भएर साइबर अपराध बढ्दो क्रममा रहेको बताएका उनले भने, ‘पहिला फाइनान्सियल क्राइम धेरै हुने गरेको थियो भने अहिले विस्तारै त्यो सिफ्ट भएर साइबरमा प्रयोग हुन थालेको छ । बीचमा क्रिप्टो करेन्सिको कुरा आयो, दुई तीनचोटी यहिबाट त्यस्ता केशको अपरेसनहरु भएका छन् । साइबर अपराध बढ्दै छ ।’

पहिला नेपालमा फौजदारी  कसुर, आर्थिक र अन्य अपराध धेरै हुने गरेकामा पछिल्लो समय सोसलमिडियाबाट हुने साइबर अपराधको घटनामा वृद्धि भैरहेको बताएका उनले सरकारले दिएको अपराध नियन्त्रणको जिम्मेवारीमा खरो उत्रिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?