‘विप्लप’ समूहले बम विस्फोट गरेको गृहमन्त्रीको खुलासा, यसो भने समिति बैठकमा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले श्रृंखलावद्ध रुपमा एनसेलको टावरहरुमा भएको बम विस्फोटन नेत्र विक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बताएका छन् । 

आइतबार राज्य व्यवस्था समितिको बैठकमा ‘२०–२१ वटा जिल्लामा रहेका एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै गृहमन्त्री बादलले सबै बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको बताएका हुन् ।

उनले भने, ‘समानान्तर सत्ताको अभ्यासका लागि विप्लप समूहले  यस्तो हर्कत गर्दै आएका छन् ।’

नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै थापाले थपे, अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्छौं । यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उनले हाल राज्यका लागि तीन तत्व चुनौति बनेको जानकारी दिए । यसमा पृथकतावादी तत्व, 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?