गौहत्याविरुद्ध राप्रपाले जिप्रका मार्फत् प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरुद्धमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार दिउँसो राप्रपाले देशभरका सिडिओ कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला कार्यालयमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले लोकपथलाई जानकारी दिए ।

त्यस्तै देशभर धर्म र पहिचानलाई लिएर भइरहेको आन्दोलनलाई सरकारले वार्ताका माध्यमबाट समाधान गर्न नसके देशभर भुसको आगोसरी सल्किने अवस्था आउने बताए ।

May be an image of 9 people and text

‘आज केन्द्रको निर्देशन अनुसार देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत गौहत्याको विरोधमा ज्ञापन पत्र बुझाइएको छ ।’ उनले भने ।

देशभर भइरहेको प्रहारले हिन्दूको आस्थामाथि चोट पुगेको ज्ञापनपत्रमा भनिएको छ ।

‘बहुसंख्यक हिन्दू रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातनी ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दूूले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्धन्द्धप्रति सरोकार पक्ष र सरकारका निकायले देखाएको निस्कृृयताले समग्र हिन्दू धर्मावलम्बीहरुको आस्थामाथि गहिरो चोट पुगेको राप्रपाको ठहर छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

May be an image of 4 people and text

त्यस्तै संविधान र कानुनको बर्खिलाप गर्नेहरुमाथि कारबाही ग र्न समेत राप्रपाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?