निरन्तर परेको हिमपातपछि गएको हिम पहिरोमा पुरीएर सयौं चौरीहरु वेपत्ता भएका छन्। माथिल्लो डोल्पाका विभिन्न चौरी खर्कमा हिउँपहिरो जाँदा ५० हजार देखि ९० हजारसम्म पर्ने सयौँ चौँरीगाई वेपत्ता भएका हुन्।
हिउँपहिरोमा परी सबैभन्दा धेरै छार्काताङसोङ गाउँपालिकाको कागकोटको बनमा धेरै चौरीहरु मरेका छन् ।
सयौं चौरीगाई हराइरहेका छन् ।
भारी हिमपातपछि चौरीगाईको खोजीमा हिँडेका गोठालाले सबै चौरीहरु पहिरोले पुरेको र कतिपय ठाउँमा मरेको अवस्थामा फेला पारेको बताएका छन् ।
मालसामान ओसारपसारका लागि प्रयोग गरिदै आएको एक मात्रै साधन हिमपहिरोमा पुरीएपछि कृषक चिन्तित बनेका छन् ।
भोटवासीले एकै वर्षमा करोडौंको सम्पति हिउँ पहिरोमा गुमाउने गरेका छन्।
हिमपहिरोमा परी कति चौरी मरे भन्नेबारे कुनै यकिन तथ्यांक आईसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया