काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ ।
संस्थापन पक्षका ऋषिजंग शाही र कृष्ण प्रसाद सिटौला पक्षका सुशील भट्ट नेतृत्वको नेविसंघका नेता कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरी १० जना घाइते भएको जनाइएको छ ।
दुई पक्षबीचको झडपमा पत्रकार केशव साउदसहितका ३ जना पत्रकार समेत सामान्य घाइते भएको बताइएको छ । दुई पक्षीय झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले पत्रकार समेतलाई लाठीचार्ज गरेको हो ।
पत्रकारको परिचयपत्र देखाउँदा समेत प्रहरीले लाठीचार्ज गरेको बताइएको छ ।
हाल पार्टी कार्यालयभित्र विद्यार्थी नेतालाई प्रवेश निषेध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया