काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विधिको शासनमा पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ उनले समाजिक सद्भावमा खलबल पार्ने र एक अर्काको संस्कृति र धर्म विरुद्ध हुने दोषपूर्ण अभिव्यक्ती र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका छन् ।
सांसद ईश्वरी देवि न्यौंपानले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने,‘सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दछु । ’
उनले नेपालको राष्ट्रियता बलियो भएको बताएका छन् । सामाजिक सहअस्तित्वमा खलल पु¥याउने कुनै पनि कार्य हुन नदिन सरकार दृढ र स्पष्ट भएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया