पुरु लम्सालका दुई वृत्तचित्र अमेरिकाको चलचित्र महोत्सवमा एकैपटक छनौट

लोकपथ
238
Shares

काठमाडौं । पुरु लम्सालको लेखन तथा निर्देशनमा रहेका दुई वृत्तचित्र अमेरिकाको ज्याक्सनमा हुन लागेको चलचित्र महोत्समा एकैपटक छनौटमा परेको छ ।

अमेरिकाको ज्याक्सनमा September 30 – October 7, 2023, LANE DOC FEST सम्म आयोजना हुने LANE DOC FEST चलचित्र महोत्सवमा पुरु लम्सालको लेखन र निर्दृेशनमा रहेको वृत्तचित्र ‘गोरु पर्व’  “Ox Fiesta” नुवाकोटकै प्रसिद्ध दुप्चेश्वरको जात्रामा आधारित वृत्तचित्र ‘आस्थाको ढुङ्गा “The Stone of Faith” अफिसियल छनौटमा हो । महोत्सवमा एउटै लेखकका दुईवटा वृत्तचित्र छानिएको यो पहिलो हो ।

यी दुईवटै वृत्तचित्र सिने मेकर्स प्रालीले निर्माण गरेको हो । गोरु पर्वको निर्माता केपी पाठक र निरञ्जन सिक्देल शर्मा हुन् भने आस्थाको ढुङ्गाको निर्माता रसिक पाठक, सुशीलसिंह ठकुरी हुन् । ‘गोरु पर्व’ “Ox Fiesta” को छायांकन रमेश धमला र ज्योती सिंहले गरेका हुन् भने सम्पादन लव प्याकुरेले गरेका हुन् । यस्तै ‘आस्थाको ढुङ्गा’ ”The Stone of Faith” को छायांकन रमेश धमला र वैकुण्ठ गौतमले गरेका हुन् भने सम्पादन आशिस डंगोल र शिव पुरीले गरेका हुन् ।

लेखक लम्सालका ठूलीका सपनाहरु,अर्को ओरालो, देश हराएका मान्छेहरु,पानीघट्ट,नौगेडी,देउकाशी,मनझाँक्री नाटक संग्रह प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?