भ्रष्टाचारको अन्त्यका लागि विचार मिल्नेहरु एकै ठाउँमा उभिन गगन थापाको आह्वान

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको अन्त्यका लागि एकैठाउँमा उभिन आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले एकपछि अर्को काण्ड आउँदा पनि सत्ता र शक्तिको आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको बताए ।

विभिन्न काण्डहरु सामसुम पार्न राजनीतिक उच्च नेतृत्व मिलेको आरोप लगाउँदै त्यसको निर्मूूलका लागि विचार मिल्नेहरु एक ठाउँमा आउन आग्रह गरे ।

‘यस्ता घटनाहरु सामसुन पार्न उनीहरु मिल्छन् भने यस्ता घटनामा छानबिन गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउँ । यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाउँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसम्ग एकाकार होऔँ ।’ उनले भनेका छन् ।

त्यस्तै भ्रष्टाचारको जालो तोड्न र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत सुधार गर्ने वातावरण बन्दै गएको बताए ।

May be an image of text

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?