काठमाडौं । देशका विभिन्न स्थानमा गरी एकै दिन ५ जना मृत अवस्थामा फेला परेका छन् । चितवन, राप्ती नगरपालिका-२ गड्यौली पन्थडाँडा बस्ने ६५ वर्षीय बिष्णु बहादुर पाठक आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, झापा, बिर्तामोड नगरपालिका-४ स्थित जुत्ता चप्पल फ्याक्ट्रीमा काम गर्ने सुनसरी दुहबी नगरपालिका-५ बस्ने ३३ वर्षीय संजय मग्राती सोही फ्याक्ट्रीको सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, गेरुवा गाउँपालिका-५ बन्जरिया बस्ने ६० वर्षीया काली थारु सोही ठाउँस्थित खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
बाँके, जानकी गाउँपालिका-५ कर्वलास्थित अमिलिया नालामा सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय शिव कुमार बर्मा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुर, शुक्लाफाटा नगरपालिका-११ रामजानकी मन्दिरमा बस्दै आएका बझाङ केदारस्यु गाउँपालिका-८ बस्ने ७६ वर्षीय राम दत्त जोशी सोही मन्दिरको धुनिघरको पछाडी पट्टीको धारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, ब्यास नगरपालिका-४ मादी नदीको बिचमा ब्यास नगरपालिका-१० बैरेनी बस्ने ८० वर्षीय धनपती उपाध्याय सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया