ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
224
Shares

काठमाडौं । मोरङमा ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ठगी मुद्दाका फरार प्रतिवादी रंगेली नगरपालिका-६ बस्ने ३९ वर्षीय रंजित कुमार मण्डललाई सोमबार पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङको २०७७ पुष १३ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष ३ महिना कैद र ४० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले आफ्नै गाउँ घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय हाटखोला मोरङ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?