विप्लवको आक्रोस : ‘गद्दारहरु दुई कौडीमा देश बेच्न तयार छन्’

लोकपथ
35
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा दुई कौडिको भिखको लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको ठुलो संख्या रहेको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा उनले देशप्रति गद्दार गर्नु र आमाप्रति गद्दार गर्नु उस्तै भएको भन्दै देशमा मालिकको अगाडी नाक रगढेर बस्ने दुई कौडिको भिखको लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको ठुलो पंक्ति रहेको दाबी गरे ।

उनले भने, ‘देशमा मालिकको अगाडी नाक रगडेर बस्ने छन् । दुई कौडिको भिखको लागि देश बेच्न सक्ने गद्दार र लाचारहरुको पंक्ति देशमा छन् ।देशप्रति गद्दार गर्नु र आमाप्रतिख गद्दार गर्नु उस्तै हो । आफ्नो कुर्सी र पदको लागि आमाप्रति गद्दार गर्ने हुन्छन् । ’

उनले अहिले अमेरिका एक धु्रवीय नभएकाले त्यस अन्तर्गत एमसीसीमा नेपाललाई घुसाईएको तर्क गरे । उनले भने, ‘विश्वव्यापी ध्रुविकरण हुँदैछ अहिले अमेरिका एक धु्रवीय छैन् । त्यस अन्तर्गत एमसीसीमा नेपाललाई घुसाईएको छ । सबैले बुझ्न जरुरी छ यसमा पार्टी कर्मचारी भएर होई्न यसलाई नेपाली भनेर हेर्नुपर्छ । ’

त्यस्तै १३ गतेदेखि एमसीसी लागु गर्न लागिएको भन्दै त्यो सफल नहुने चेतावनी दिए । ‘एमसीसी लागु गर्न १३ गते हस्ताक्षर हुने कुरा भएको छ रे । तर अमेरिकाले बुझिराखोस् । नेपालको प्रचण्ड सरकारले र सांसदहरुले पनि बुझिराखुन नेपाली जनता अब आनन्दले कानमा तेल हालेर तिमिहरुको हस्ताक्षर हेरेर बस्न सक्दैनन्। त्यो निश्चीत हो , यो लागु गर्ने घात गर्न पाईदैन् स्विकार्य पनि छैन् ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?