११ आश्विन २०७८, सोमवार

प्रवक्ता बन्न यसरी लबिङ गर्दैछन् गगन थापा

२०७४,कार्तिक,९,बिहीवार ०७:४०


कांग्रेस युवा नेता गगन कुमार थापाले नेपाली कांग्रेसको प्रवक्ता बन्न चर्को लबिङ गर्दै आएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटेर प्रवक्तामा नियुक्ति गरिदिन आग्रह समेत गरेको बताइएको छ । देउवाले पनि चुनावको मुखमा प्रवक्ताको आवश्यकता महसुश गर्दै उनको पक्षमा निर्णय गर्न सकारात्मक भएपनि निर्णय गर्न ढिलाई भएको छ थापा प्रवक्तामा नियुक्त भएको भन्दै समाचार सार्वजनिक गरेपनि उनी नियुक्त भइसनसकेको आधिकारिक निकायले जनाएको छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले थापा अहिलेसम्म प्रवक्तामा नियुक्त नभएको बताए । उनले भने, ‘कुनै नियुक्रि गरिएको छैन, हल्लामात्रै हो ।’उनले केहिदिनदेखि नियुक्तिको बारम्बार हल्ला आइरहेको समेत बताए थापा पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा शशांक कोइरालासँग पराजित भएका थिए । पराजित भएपनि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०७:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् ।

काठमाडौं । सरकारले दल विभाजन गर्न सहज हुनेगरी ल्याएको अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवारको मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद्

काठमाडौं । नेकपा एमालेले १० बुँदे कार्यान्वयनको लागि बनेको कार्यदलको संयोजकको जिम्मेवारी नेता भीम रावललाई दिइएको छ । सोमबार बसेको

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५