संसदीय समितिले पायो पूर्णता, नवनिर्वाचित सभापतिले लिए शपथ

लोकपथ
175
Shares

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

केहीबेरअघि संघीय संसदको कृषि समितिको हलमा १० वटै समितिका सभापतिहरुले शपथग्रहण गरेका हुन् ।

विभिन्न १० समितिमा ९ जना सर्वसम्मत भएका थिए । तर उद्योग समितिमा भने दुइ जनाको उम्मेदवारी परेको थियो । रास्वपाका गणेश पराजुली र जनमत पार्टीका अब्दुुल खानको उम्मेदवारी परेको थियो । तर अन्तिम अवस्थामा पराजुलीले उम्मेदवारी झिकेपछि खान सर्वसम्मत निर्वाचित भएका हुन् ।

पहिलो प्रतिनिधि सभा बैठक बसेको ८ महिना बितिसक्दा पनि समितिले नेतृत्व पाउन सकेको थिएन । जसको कारण समितिका जेष्ठ सदस्यको सभापतित्वमा बैठक सञ्चालन हुँदै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?