काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खान प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका सांसद अब्दुल खान सर्वसम्मत निर्वाचित भएका हुन् ।
निर्वाचन अगावै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।
प्रतिनिधि सभाका ९ वटा विषयगत समितिको सभापति आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन्।
यसैबीच समितिको बैठक अर्को सूचना नआउँदा सम्मका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया