नवनिर्वाचित संसदीय समिति सभापतिको शपथग्रहण साढे ४ बजे

लोकपथ
35
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा अन्तर्गतका समिति सभापतिहरुको शपथग्रहणको मिति तोकिएको छ ।

अपरान्ह साढे ४ बजे कृषि समितिको हलमा शपथग्रहण तोकिएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० वटामध्ये ९ वटा समितिको नेतृत्व सर्वसम्मत भइरहेको छ । तर उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा रास्वपाका सांसद गणेश पराजुली र जनमतका सांसद अब्दुल खानको उम्मेदवारी परेको छ ।

सो समितिको निर्वाचन केही बेरमा हुँदैछ । बाँकी अन्य समितिमा भने एक जना भन्दा बढीको उम्मेदवारी नपरेको कारण नेतृत्व चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?