काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित ९००१ः२००१५ प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ ।
कम्पनीले जीवन तथा निर्जिवन बिमा एवम् पुनर्बीमा दलाली सेवाको विधा अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको हो । कम्पनीको रजिष्टर्ड कार्यलय काठमाण्डौमा मिति २०८० भाद्र १० गते एक कार्यक्रमका बीच उक्त प्रमाणपत्र युनाईटेड रजिष्टार अफ सिस्टम (युआरएस) नेपालका प्रमुख प्रकाश पौडेलले फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड का अध्यक्ष महेश कुमार अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समिति तथा व्यवस्थापनको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा युरआएसका प्रमुख पौडेलले ९००१ः२००१५ प्रमाणपत्रको महत्व बारे प्रकाश पार्दै सो प्रमाणपत्रले फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको संचालन प्रणाली, संस्थागत सुशासन, व्यवस्थापीय कुशलता तथा ग्राहक सेवाको गुणस्तरलाई सुनिश्चिता गर्ने र कम्पनीको व्यवसाय विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडका प्रबन्ध निर्देशक सुबर्ण पौडेलले आफ्नो मन्तव्य राख्दै संस्था स्थापनाको छोटो समयमै उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको र प्रमाणपत्र प्राप्तीका लागि कम्पनीको व्यवस्थापनको उच्च प्रशंसा गरे साथै युआरएस नेपालको व्यवस्थापनलाई समेत कृतज्ञता व्यक्त गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारीले ९००१ः२००१५ प्रमाणपत्रले उच्च स्तरको सेवा प्रदान गर्न थप हौसला प्राप्त भएको भन्दै खुसी व्यक्त गरे । कम्पनी रजिष्ट्रारको कार्यलयमा पव्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त पुनर्बीमा दलाल हो ।
कम्पनीले छोटो समयमै प्रतिष्ठित अन्तर्राष्ट्रिय रिईन्स्योरेन्स ब्रोकरहरूसँगको रणनीतिक साझेदारीमा नेपालका बीमा तथा पुनर्बीमा कम्पनीहरुलाई पुनर्बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया