कांग्रेसले वीपीको स्मृतिमा ‘वीपी साहित्य महोत्सव २०८०’ को आयोजना गर्ने

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा ‘वीपी साहित्य महोत्सव २०८०’ आयोजना गर्ने भएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा, ११०औँ वीपी जयन्तीको अवसरमा कांग्रेसले आगामी भदौ २४,२५,र २६ मा महोत्सव आयोजना गर्न लागेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘११०औँ वीपी जयन्ती अवसरमा ‘वीपी साहित्य महोत्सव २०८०’ आयोजना गर्ने निणर्य गरेको छ । भदौ २४,२५, र २६ गते  वीपी स्मृति भवन ललितपुरमा आयोजना हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालय आयोजनामा र नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुनेछ ।’

तीन दिनसम्म चल्ने उक्त महोत्सवमा वीपीले पु¥याएका राजनीतिक,साहित्यिक योगदानको वीपीलाई नजिकबाट बुझ्ने अग्रज बुद्धिजीवीबाट उनको बारेमा विविध  विषयवस्तु प्रस्तुत गरिने छ ।  विषयगत सेसनमा वीपीका साहित्यिक विश्लेषण गरिने क्रममा १२ वटा विषय रहेका छन् ।

उक्त सत्रमा वीपीका मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सक्ता,साहित्यमा पर्यावरण, समय र सम्भाल्टन,नेपालको मातृभाषा र साहित्य वीपीका आख्यानमा नारी,वीपीका आख्यानमा मधेश, वीपीका दृष्टिमा वीपी,वीपीले नपाएका १५ वर्ष,अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा वीपी,समावेशीता,सामाजिक रुपान्तरण र वीपी,परिवारले बुझेका वीपी र युवा सत्रमा वीपी पठन लगायत १२ वटा सत्रमा वीपीलाई विश्लेषणात्मक रुपमा छलफल गरी बुझ्ने बुझाउने विश्वकर्माले बताए ।

तीन दिनको उक्त महोत्सवमा उल्लेखित विभिन्न सत्रको अतिरिक्त साहित्यिक र सांगीतिक साँझ प्रस्तुत गरिनुको साथै चित्रकला प्रदर्शनी पनि गरिने आयोजकले जनाएको छ । चित्रकला विशेषगरी वीपीको जीवन,कांग्रेसको क्रान्तिसँग जोडिएका र पक्षलाई उजागर गर्ने खालका लाइभ चित्रकला प्रदर्शनी गर्ने साथै विभिन्न वृतचित्र पनि देखाइने आयोजकले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?