काठमाडौं । नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।
आइतबारबाट डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख पण्डित गएरातिदेखि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार उनी गएरातिदेखि सम्पर्कविहीन भएको र सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरेर खाजी कार्य भइरहेको छ ।
‘उहाँ हिजोबाट सम्पर्कविहिन हुनुभएको छ, हामी खाजीरहेका छौँ’, उनले भने ।
हाल नेटवर्कको पनि समस्या भएकाले खोजीमा केही जटिलता भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया