प्रवक्ता बन्न यसरी लबिङ गर्दैछन् गगन थापा

कांग्रेस युवा नेता गगन कुमार थापाले नेपाली कांग्रेसको प्रवक्ता बन्न चर्को लबिङ गर्दै आएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भेटेर प्रवक्तामा नियुक्ति गरिदिन आग्रह समेत गरेको बताइएको छ । देउवाले पनि चुनावको मुखमा प्रवक्ताको आवश्यकता महसुश गर्दै उनको पक्षमा निर्णय गर्न सकारात्मक भएपनि निर्णय गर्न ढिलाई भएको छ केहि सञ्चारमाध्यमले थापा प्रवक्तामा नियुक्त भएको भन्दै समाचार सार्वजनिक गरेपनि उनी नियुक्त भइसनसकेको आधिकारिक निकायले जनाएको छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले थापा अहिलेसम्म प्रवक्तामा नियुक्त नभएको बताए । उनले भने, ‘कुनै नियुक्रि गरिएको छैन, हल्लामात्रै हो ।’उनले केहिदिनदेखि नियुक्तिको बारम्बार हल्ला आइरहेको समेत बताए थापा पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा शशांक कोइरालासँग पराजित भएका थिए । पराजित भएपनि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?