काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । दुबईमा राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका हुन् ।
‘म लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्र स्थापना गर्न लागेको छु, जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ,’ उनले भने ।
धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति उनले चिन्ता व्यक्त गरे ।
धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाई गोरु काटेर भोज खाने, भिडियो बनाउने जस्ता
कानून विपरीतका गतिविधि भइरहँदा सरकार मूकदर्शक बन्नु आश्चर्यको विषय भएको उनले बताएका छन् ।
‘देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरू जिम्मेवार छन्,’ लिङदेनले भने, ‘नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दू राष्ट्र स्थापना गर्न सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया