सर्वोच्चमा मुद्दाको पेशी स्वचालित रुपमा शुरु गरिँदै

लोकपथ
14
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि स्वचालित रुपमा पेशी तोक्ने व्यवस्था गर्न लागिएको छ ।

आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित (अटोमेसन) रुपमा पेशी तोक्ने व्यवस्था गरेका हुन् ।

करिब दुई वर्ष अघिदेखिबाट गोलाप्रथाबाट पेशी तोकिँदै आइएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले आज सो प्रणालीको उद्घाटन गरेसँगै भोलिबाट त्यो व्यवस्था लागू हुनेछ ।

अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, सोही अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ ।

सिस्टमबाटै तारेखको मिति तोकिँदा तारेख छिटो वा ढिलो आएको भनी आउने गरेको गुनासो सम्बोधन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?