काठमाडौं । नेकपा एकीकृत समाजवादीले शिक्षा तथा स्वास्थ्य समिति भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा भएको सहमति अनुसार आफूहरूले पाएको शिक्षा समितिमा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भोलि हुने निर्वाचनको लागि आज ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदै छ । बैठक पछि पत्रकारहरुसंग एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जोशीलाई सभापतिका लागि उम्मेद्वार बनाउने निर्णय भएको बताए ।
‘पार्टीका केही व्यवस्थापकीय कामहरूबारे छलफल भएको र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बझाङ–१ बाट निर्वाचित सांसद भानुभक्त जोशीलाई दिईएको भएको छ ।’
उनले भने ‘यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने गरी भागबन्डा भइसकेको छ । सत्ता साझेदारहरू र प्रमुख प्रतिपक्षीले त्यही अनुसार उम्मेदवारी दर्ताको तयारी गरेका छन् । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया